दफा २५
विशेष स्थानमा संरचना निर्माण गर्न स्वीकृति लिनु पर्ने


(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि (अनुमतिपत्र प्राप्त सेवाप्रदायकले विशेष स्थानमा खानेपानी तथा ढल निकासको पाइप बिछ्याउनु वा कुनै प्रणाली वा संरचना निर्माण गर्नु अघि सम्बन्धित निकायबाट स्वीकृति लिनु पर्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “विशेष स्थान” भन्नाले सुरक्षा वा अन्य कुनै कारणले भौतिक निर्माणका काम गर्न प्रचलित कानून बमोजिम रोक लगाइएका वा नेपाल सरकारले “विशेष स्थान” भनी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका स्थान सम्झनु पर्छ।

(२) उपनियम (१) बमोजिम विशेष स्थानमा बिछ्याइएको खानेपानी तथा ढल निकासको पाइप वा बनाइएको कुनै संरचना वा प्रणालीलाई चुस्त-दुरुस्त राख्न अनुमतिपत्र प्राप्त सेवाप्रदायकले सम्बन्धित _निकायलाई पूर्व सूचना दिई आवश्यकता अनुसार मर्मतसम्भार गर्न सक्नेछ ।